काठमाडौँ, ६ पौष । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य बढेको हो ।
आज सानो लोकल गोलभेँडाको मूल्य शनिबारको तुलनामा ११.६७ प्रतिशतले बढेको छ । हिजो शनिबार सानो लोकल गोलभेँडा प्रतिकिलो थोकमा औसत ७५ रुपैयाँमा किनबेच भएको थियो । आज उक्त गोलभेँडाको मूल्य प्रतिकिलो ८ रुपैयाँले बढेर ८३ रुपैयाँ कायम छ ।
यस्तै आज टनेल गोलभेँडा प्रतिकिलो १२ रुपैयाँ बढेको छ । हिजो शनिबारको तुलनामा टनेलको गोलभेँडा प्रतिकिलो १४.८२ प्रतिशतले बढेर ९७ रुपैयाँ कायम छ । हिजो उक्त गोलभेँडा प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी आज भारतीय सानो गोलभेँडाको मूल्य ८ रुपैयाँले बढेर प्रतिकिलो ९८ रुपैयाँ कायम छ । तराई सानो गोलभेँडा आज प्रतिकिलो ९३ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।










प्रतिक्रिया दिनुहोस्