काठमाडौँ, ६ पौष । काठमाडौँ र भक्तपुरबाट लागु औषधसहित ३ जनालाई पक्राउ प्रहरीले छ ।
लागु औषध नियन्त्रण ब्युरोले उदयपुरको बेलका नगरपालिका ३ का ३१ वर्षीय सागरकुमार राई, महोत्तरी मनरा सिसवा नगरपालिका २ का ३१ वर्षीय सन्दीप सिंह र मोरङको मिक्लाजुङ गाउँपालिका ९ का ४५ वर्षीय अम्बरबहादुर दर्जीलाई पक्राउ गरेको हो ।
राई भक्तपुरको सुर्यविनायक नगरपालिका ५ बाट पक्राउ परेका हुन् भने सिंह र दर्जी काठमाडौँको कुमारीगालबाट पक्राउ परेका हुन् । राई र सिंहको साथबाट प्रहरीले क्रमशः ३२ र ८१ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
दर्जीको साथबाट ६५ ग्राम ७३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्