समाचार

भरुवा बन्दुक पड्कँदा एक जनाको मृत्यु



काठमाडौँ, ६ पौष । भरुवा बन्दुक पड्कँदा ताप्लेजुङमा एक जनामृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बारुद भरेका बेला मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो ।

स्थानीय तिलोकसिंह लिम्बूको अलैँचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको हो उक्त्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।