राजनीति

चौलागाई प्रतिष्ठानको १२औं साधारणसभा सम्पन्न



काठमाडौँ, ६ पौष । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिको १२औं साधारणसभा सम्पन्न भएको छ ।

शनिवार काठमाडौँमा वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईको प्रमुख तथा कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने चौलागाईको विशेष आतिथ्यतामा भएको साधारण सभामा देवेन्द्र चौलागाईको अध्यक्षतामा १८ सदस्यीय निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरिएको छ । त्यस्तै बरिष्ठ उपाध्यक्ष चित्रकुमार (सिके) चौलागाई, प्रथम उपाध्यक्ष दिपकप्रसाद चौलागाई, द्वितीय उपाध्यक्ष गोविन्दप्रसाद चौलागाई, तृतीय उपाध्यक्ष मेनुका चौलागाई तथा महासचिवमा बाबुराम चौलागाई निर्वाचित हुनुभएको छ ।

साधारणसभाबाट उपमहासचिवमा उद्धव चौलागाई, सचिव चन्द्रकुमारी चौलागाई र ओमप्रसाद चौलागाई, कोषाध्यक्ष तिर्थराज चौलागाई, सहकोषाध्यक्ष रामप्रसाद चौलागाई निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भोलानाथ चौलागाई, कमला चौलागाई, नेत्रप्रसाद चौलागाई, सरोज चौलागाई, लक्षमण चौलागाई, हरिशंकर चौलागाई तथा देवकुमारी चौलागाई निर्वाचित हुनुभएको छ ।

डा. रमेश चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा देवेन्द्र चौलागाईले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रममा प्रमुख अतिथि माधव चौलागाई, विशेष अतिथि यशोदा न्यौपाने चौलागाई, प्रतिष्ठानका सल्लाहकार तथा सञ्चारकर्मी टीकाराम यात्री (चौलागाई) लगायतले शुभकामना मन्तव्य राख्नुभयो । बाबुराम चौलागाईले सञ्चालन गर्नुभएको कार्यक्रममा दिपक चौलागाईले संस्थागत प्रतिवेदन र चन्द्रमणी चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा चौलागाईबाट एसईईमा उत्कृष्ट अंक ल्याउने सागर चौलागाई र रिजन चौलागाई सम्मान गरिएको थियो । त्यस्तै आजीवन विशिष्ठ सदस्यता तथा आजीवन सदस्यता लिनुहुनेलाई प्रमाणपत्र वितरण तथा प्रमुख अतिथिलाई सम्मान गरिएको थियो ।