काठमाडौँ, ६ पौष । जेनजी अगुवा मिराज ढुंगानाले आफ्नो नेतृत्वमा ‘संयुक्त जेनजी आन्दोलन’ घोषणा गरेका छन् ।
आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरिएको हो ।
सो समूहले राज्य पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीलाई कारबाहीका लागि सर्वपक्षीय गोलमेच सम्मेलन या संविधान परिमार्जन सभा गरी गरी संविधान पुनर्लेखन गर्नुपर्ने माग राखेको छ ।
त्यस्तै जेनजीहरूमाथि लगाइएका मुद्दा खारेज गरी धरपकट रोनुनुपर्ने तथा जेनजी आन्दोलनमा भएको मानवअधिकार उल्लंघन र घातक दमनको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने पनि एजेन्डा बनाइएको छ ।
हालसम्म सबै तह र निकायमा भएका भ्रष्टाचारको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै त्यसका लागि शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।
साथै गैरआवासीय नेपालीप्रति अपनाइँदै आएको संकुचित दृष्टिकोणको अन्त्य गर्ने, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्