समाचार

किशोरी बलात्कारको आरोपमा एक युवा पक्राउ



काठमाडौँ, ७ पौष । धनकुटामा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङका २९ वर्षीय मान बहादुर राई पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।

राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई खोजतलास गरी पक्राउ गरिएको हो ।

पक्राउ परेका राईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।