विश्व

साउदीमा मृत्युदण्ड पाउनेको संख्या बढ्यो



एजेन्सी, ७ पौष । साउदी अरबमा यस वर्ष मृत्युदण्ड पाउने व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा बढेको छ । रिपोर्टअनुसार, यस वर्ष अहिलेसम्म कम्तीमा ३४७ जनालाई मृत्युदण्ड दिइएको छ, जबकि गत वर्ष यो संख्या ३ सय ४५ थियो ।

ब्रिटेनस्थित एक मानवअधिकार समूहका अनुसार, यो साउदी अरबमा ‘सर्वाधिक रक्तपातपूर्ण वर्ष’ हो। यस वर्ष मृत्युदण्ड पाएका मध्ये दुई जना पाकिस्तानी नागरिक छन्, जसलाई ड्रग सम्बन्धी मुद्दामा दोषी करार गरिएको थियो । त्यस्तै, एक जना पत्रकार, दुई जना युवा (जुन विरोध प्रदर्शनको समयमा नाबालिग थिए) र पाँच महिला पनि समावेश छन्।

मृत्युदण्ड पाउने आधा भन्दा बढी व्यक्ति विदेशी नागरिक थिए र अधिकांशलाई ड्रगसम्बन्धी मुद्दामा मृत्युदण्ड दिइएको बताइएको छ ।  संयुक्त राष्ट्रसंघका अनुसार, यस्तो अपराधमा मृत्युदण्ड दिने अभ्यास ‘अन्तर्राष्ट्रिय मापदण्ड विपरीत’ हो ।

साउदीका अधिकारीहरूले यस विषयमा हालसम्म कुनै टिप्पणी नगरेको बिबिसीले जनाएको छ ।