काठमाडौँ, ७ पौष । नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको बताएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले यसअघि भएको सहमतिअनुसार नै कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको बताएका हुन् ।
उनले कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नेतृत्व भने तोकिएको समयमा परिवर्तन हुने बताए ।










प्रतिक्रिया दिनुहोस्