काठमाडौँ, ७ पौष । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले दलहरूसँग वान टु वान छलफल गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा पार्टीका तर्फबाट बोल्दै उनले भने, ‘औपचारिक च्यानलबाट दलहरूसँग छलफल ‘वान टु वान’ गर्दा राम्रो हुन्छ भन्ने लाग्छ । यस्ता यस्ता फोरमहरूमा त औपचारिक कुरा न हुन्छन् ।’
एउटा औपचारिक निर्णय गर्नुभन्दा अगाडि धेरै अनौपचारिक होमवर्क हुन आवश्यक रहेको भन्दै उनले सरकारलाई यस्तो सुझाव दिएका हुन् । यसो गरिए निर्वाचनको वातावरण बनाउन सकिने उनले बताए ।
जेनजीसँग सरकारले गरेको सम्झौताको सैद्धान्तिक पक्षमा आफूहरू सहमत रहेता पनि व्यवहारिक रुपमा कति कार्यान्वयन हुन्छन् भनेर ख्याल गर्न आवश्यक रहेको बताए ।
२०५६ सालदेखि नै आफूहरूले उठाउँदै आएका विषय अहिले जेनजीले उठाएको र निर्वाचन सुधारको सन्दर्भमा निरन्तर छलफल भइरहेको उनले बताए । प्रत्येक चुनावमा यो पटक सम्भव भएन र अर्कोपटक सुधार गर्ने भन्ने प्रचलन रहेको उनले स्मरण गरे ।










प्रतिक्रिया दिनुहोस्