समाचार

करेन्ट लागेर एक युवकको मृत्यु



कैलाली, ८ पौष । कैलालीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जानकी गाउँपालिका–२ प्रगतिनगरका २९ वर्षीय श्यामलाल चौधरी रोरा नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते अवस्थामा उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।