काठमाडौँ, ८ पौष । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कैलालीबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार कैलालीमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई हिरासतमा लिएको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ मनेहरा शिविर बस्ने ३८ वर्षीय झंकु राम डगौरा रहेका छन् । उनले ती महिलालाई करणी गरेको सूचना पाएलगत्तै अस्थायी प्रहरी पोष्ट मनेहराबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले थप कानुनी प्रक्रिया अगाडि बढाउँदै आवश्यक अनुसन्धान सुरु गरेको छ ।










प्रतिक्रिया दिनुहोस्