काठमाडौँ, ८ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाएका छन् ।
पौडेलले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डलाई छलफलमा बोलाएका हुन् । छलफल ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमै हुनेछ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा भेटका क्रममा कुराकानी हुने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्