काठमाडौँ, ९ पौष । बजारमा च्याउको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज डल्ले च्याउ र कन्य च्याउको मूल्य बढेको हो ।
मंगलबार प्रतिकिलो औसत ३ सय १ रुपैयाँमा किनबेच भएको डल्ले च्याउको भाउ बुधबार २४ रुपैयाँले वृद्धि भई ३ सय २५ रुपैयाँ कायम छ ।
यस्तै कन्य च्याउको भाउ पनि प्रतिकिलो ९ रुपैयाँ बढेको छ । हिजो मंगलबार कन्य च्याउ प्रतिकिलो १ सय ११ रुपैयाँमा किनबेच भएको थियो । आज बुधबार प्रतिकिलो १ सय २० रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्