समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, ९ पौष । झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको थियो ।

उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय विनोद राईको मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।