राजनीति

राष्ट्रिय सभा निर्वाचनमा २०४३ जना मतदाता



काठमाडौँ, १० पौष । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भएको छ ।

निर्वाचन आयोगले आयोगबाट स्वीकृत भएको प्रारम्भिक मतदाता नामावली सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरेको हो ।

आगामी ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुनेछन् ।