काठमाडाैँ, ११ पौष । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले भने, ‘हामी प्रधानमन्त्री सुशीला कार्कीलाई यहीबाट थ्रेट गर्न चाहन्छौँ, राम्रोसँग सुन तिमीले चुनाव गर्न चाहेको हौकि युद्ध गर्न चाहेका हौ ? यो कुराको फैसला चाहिन्छ । हामी त शान्तिपूर्ण ढंगले प्रतिष्पर्धामा उत्रिएका छौँ । चुनावमा जाने तयारी गर्दैछौँ । हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर निर्वाचनमा जान खोज्दैछौँ नि ।’










प्रतिक्रिया दिनुहोस्