समाचार

प्रतिबन्धित औषधिसहित ६ जना पक्राउ



विराटनगर, १२ पौष । मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधिसहित ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामाडोल ६ हजार पिस फेला पारी नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर–१२ का दिनेश राईलाई प्रतिबन्धित औषधि इस्पासमो ७ पिस र नाइट्रोजन ट्याबलेट २ पिससहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले धनकुटा नगरपालिका–७ बाट सोही स्थानका विजय मल्लिक र रविन मल्लिक, धनकुटा–६ का प्रकाश रोक्का तथा झापाको मेचीनगर–९ का अतिप लिम्बुलाई प्रतिबन्धित औषधि ट्रामोल १५३ पिस र स्पासपेन १६३ पिससहित नियन्त्रणमा लिएको छ ।

यसैगरी, छथरजोरपाटी गाउँपालिका–३ बाट स्थानीय अर्बिन भट्टराईको साथबाट ट्रामोल ८० पिस र स्पासपेन १०४ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।