झापा, १२ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् ।
शनिबार झापाको बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिले देश विदेशीहरूले चलाइरहेको आरोप लगाए । आगामी चुनावमा कसलाई जिताउने, कसलाई हराउने मात्रै नभइ अहिले दलहरू पनि विदेशीले नै बनाइराखेको आरोप लगाए ।
उनले भने, ‘आज हेर्नुस्, दलहरूको हातमा के रहेछ ? आज सरकार कसले बनाइदियो ? कसको सिफारिसमा मन्त्रीहरू बनिराखेका छन्, राजेन्द्र लिङ्देनले यहाँबाट भन्नुपर्छ ? त्यतिमात्रै होइन, अब आउने चुनावमा कुन पार्टीले जित्नुपर्छ, कुन पार्टीले हानुपर्छ त्यो पनि विदेशीहरूले बनाइदिँदैछन् भन्ने तपाईंहरूले सुन्नुभएको छ । यतिमात्रै होइन, विदेशीहरूले यहाँ पार्टी पनि बनाइदिँदैछन् । भने, देश एउटा गम्भीर संकटमा फस्न लागेको छ ।’










प्रतिक्रिया दिनुहोस्