शैक्षिक

वीरगञ्ज महानगरमा दुई दिन विद्यालय बिदा



वीरगञ्ज, १३ पौष । वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो । महानगरले यहाँका सामुदायिक र संस्थागत विद्यालयलाई बिदा दिएको हो । आगामी पुस १६ गतेदेखि विद्यालय फेरि सञ्चालनमा आउने जनाइएको छ ।