काठमाडौँ, १३ पौष । गुल्मीको इस्मा गाउँपालिका–६ बुल्म राङदलचौरमा घर लिप्ने माटो खन्ने क्रममा दुई जना घाइते भएका छन् ।
शनिबार दिउँसो इस्मा गाउँपालिका–५ बनगाउँ निवासी वर्ष ४७ की हिरा बिष्ट र वर्ष २३ की सुमित्रा मुखिया घाइते भएका हुन् । माटोको ढिस्को खस्दा च्याप्पिएर उनीहरु घाइते भएका हुन् ।
दुवै जनाको अवस्था मध्यम रहेको छ । उनीहरुलाई पुरिएको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । घाइते दुवै जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्