राजनीति

एमाले सचिवालय बैठक सर्‍यो



काठमाडौँ, १३ पौष । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक सरेको छ ।

बिहान ११ बजेको लागि बोलाइएको बैठक दिउँसो २ बजेको लागि सरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पौष १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ । बैठकमा नेताहरूको कार्य विभाजन लगायत आन्तरिक विषयमा समेत छलफल र निर्णय हुने भएको छ ।