राजनीति

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक



काठमाडौँ, १४ पौष । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन् ।

आयोगले सोधपुछका लागि बोलाएपछि उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको आयोगले यसअघि नै लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो ।