राजनीति

 रेणु र प्रदीपद्वारा पार्टी परित्याग, उपेन्द्र यादवसँग एकता



काठमाडौँ, १४ पौष । जनता समाजवादी पार्टी नेपालकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन् ।

उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीच‍ एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।