समाचार

कोब्रा गाईजद्वारा बृहत रक्तदान



बुटवल, १४ पौष । कोब्रा गाइज बुटवलले आफ्नो सदस्यहरुको जन्मदिनको अवसरमा दोस्रो बृहत रक्तदान कार्यक्रम गरि मनाइएको छ ।

सरोज थापाको अध्यक्षतामा उक्त संस्थाले संस्थाका तीन सदस्यको जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको हो । सल्लाहकार आकाश बराल, सदस्य बिपिन टण्डन र सुजित थापाको जन्मदिनको अवसरमा कार्यक्रम सप्पन्न गरिएको हो ।

‘मानव सेवा नै धर्म हो’ भन्ने मान्यताका साथ जन्मदिनलाई सामाजिक सेवामा समर्पण गरि रगतको अभावका कारण कुनै पनि नागरिकको अकालमा ज्यान गुमाउनु नपरोस् भनि रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । रक्तदान जीवनदान रहेको उल्लेख गर्दै जन्मदिनमा गरिने फजुल खर्चभन्दा सामाजिक कार्य मानव जीवनको सवैभन्दा पुण्यको कार्य भएकाले सो कार्यक्रम आयोजना गरिएको जन्मदिन मनाउने तीन सदस्यले उल्लेख गर्नुभयो ।

आज आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरीका जवान, समाजसेवी तथा आयोजकका सदस्यहरु गरि ५० जनाले रक्तदान गरेका छन् ।