झापा, १५ पौष । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ ।
उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो । चालु आवको पाँच महिनामा पाँच किसिमका सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको छ । कार्यालयका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको छ ।










प्रतिक्रिया दिनुहोस्