काठमाडौँ, १५ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीसँग पार्टी एकता गर्ने सहमति गरेको उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएको बताएका छन् ।
आइतबार राति ८ बजे सहमति भएकोमा घिसिङले केही बेरअघि मात्रै बोलेका हुन् ।
उनले दुई पार्टीबिच ऐतिहासिक एकीकरणको सहमति भएको भन्दै पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएको दाबी गरे।
यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिएको उनले बताए ।










प्रतिक्रिया दिनुहोस्