काठमाडौँ, १५ पौष । झापा जिल्लामा ५० हजारभन्दा धेरै मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार प्रतिनिधिसभा निर्वाचन-२०८२ का लागि सार्वजनिक गरेको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता तथा केन्द्र संख्या विवरणअनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको तुलनामा झापामा ५० हजार दुई सय २६ मतदाता थपिएका हुन् ।
थपिने मतदाताको संख्यामा पुरुषको २७ हजार तीन सय दुई छ भने २२ हजार नौ सय २४ महिला मतदाता थपिएका हुन् । २०७९ को निर्वाचनमा झापामा कुल मतदाताको संख्या ६ लाख ६३ हजार तीन सय ११ थियो भने हाल अर्थात २०८२ को निर्वाचनमा उक्त संख्या बढेर ७ लाख १३ हजार पाँच सय ३७ पुगेको हो ।
त्यस्तै, गत निर्वाचनमा सात सय ६६ वटा मतदान केन्द्र रहेकामा यसपटक ४९ वटा मतदान केन्द्र पनि थपिएको छ । जसअनुसार मतदान केन्द्रको संख्या आठ सय १५ वटा पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्