Banner News

राज्य सञ्चालन अनुहारले होइन, बिचार र संगठनले हुन्छ : सचिव अर्याल



काठमाडौँ, १६ पौष । नेकपा (एमाले)को सचिव पद्मा अर्यालले अनुहारले नभइ संगठन र बिचारले राज्य सञ्चालन  हुने बताउनुभएको छ ।

बैकल्पिक शक्तिहरु बीचको गठबन्धन भइरहेका बेला अर्यालले सामाजिक सञ्जालमा लेख्दै इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीति दीर्घकालिन नहुने स्पष्ट पार्नुभएको छ । ‘इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक दीर्घकालिन हुदैन’ अर्यालले लेख्नु भएको छ ।

अर्यालले एकताका नाममा परिवर्तनकारी दलहरुलाई बिस्थापन गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउने उल्लेख गर्नुभएको छ । ‘कथित एकताका नाममा परिवर्तनकारी दलहरुलाई बिस्थापित गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउछ’ अर्यालको भनाइ छ ।