अर्थ

आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घट्यो



काठमाडौँ, १७ पौष । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

निगमका अनुसार प्रतिलिटर पेट्रोल रु. ४, डिजेल/मट्टितेल प्रतिलिटर रु. ५ ले घटाइएको छ । 

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ  । 

साथै, एल.पी. ग्याँसको मूल्य बढेर आएको भएता पनि उपभोक्ताको हितलाई ध्यानमा राखी एल. पी. ग्याँसको बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।