काठमाडाैँ, १७ पौष । भारतमा सम्पन्न ९ भारत अन्तर्राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिप २०२५ मा काठमाडौँ बुढानिलकण्ठ पाठशालाकी छात्राश्रेया राईले ४४ केजी तौल समूहमा तेस्रो स्थान हासिल गर्दै काश्य पदक जित्न सफल भएकी छिन् ।
उक्त प्रतियोगितामा विभिन्न देशका खेलाडीहरू बीच भएको प्रतिस्पर्धामा बुढानिलकण्ठ नगरपालिका ९ मण्डिकाटारमा अवस्थित छात्रा राईले नेपालको लागि नै ऐतिहासिक उपलब्धि हासिल गरेकी हून् । राईको यो सफलता नेपाली विद्यार्थी खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।
श्रेया राईको यस उपलब्धिले विद्यालयमात्र नभई सम्पूर्ण देशलाई गौरवान्वित बनाएको विद्यालयका प्रधानाध्यापक गोपालबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘श्रेयाको निरन्तर मेहनत, अनुशासन, शिक्षक विद्यालय, परिवारको तर्फबाट सहयोग र साहसी खेल भावनाले गर्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गर्न महत्वपूर्ण योगदान दिएको छ ।’ विद्यालय परिवारले श्रेयाको उत्कृष्ट प्रदर्शनको उच्च प्रशंसा गर्दै भविष्यमा प्रतियोगीहरूमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।
विभिन्न सिसिए र इसिएका कार्यक्रम राखी विद्यालयले विद्यार्थीहरूलाई उचित प्लेटफर्म विगत ३० वर्षदेखि गराउँदै आएको छ । आगामी शैक्षिक सत्र २०८३ बाट कक्षा ११ पनि सञ्चालन गर्ने जमर्को गरिरहेको प्रधानाध्यापक महतले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्