सुनसरी, १७ पौष । गोली लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कोसी गाउँपालिका–१ का विजय साह रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनास्थलमा गोलीका खोका फेला परेका छन् । घटनास्थल भारतीय सीमाबाट करिब ५०० मिटरको दूरीमा रहेको छ । साहले सिटी रिक्सामा चिनी, सरफलगायत सामान ल्याउँदै गरेको देखिएको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्