समाचार

टायल्स उद्योगमा दुई कामदारको मृत्यु



काठमाडौँ, १७ पौष । पश्चिम नवलपरासीको एक उद्योगमा कार्यरत दुई जना मजदुरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाट नगरपालिका–१२ स्थित कजारिया टायल्स उद्योगमा कार्यरत एक भारतीय र एक जना नेपाली मजदुरको बुधबार राति मृत्यु भएको हो । प्र

मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगण जिल्लाका ३० वर्षको विनोद कुमार रहेका छन् ।

उद्योगको ग्यासी फायरमा सुतिरहेको अवस्थामा मृत फेला परेको र आवश्यक अनुसन्धानको लागि फरेन्सिक परिक्षणका लागि पठाउन लागिएको प्रहरीले जनाएको छ ।