राजनीति

कांग्रेस महाधिवेशन वैशाख अन्तिममा गर्न प्रस्ताव



काठमाडौँ, १८ पौष । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी वैशाखमा (२०८३ को वैशाख) पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

उनले २०८३ वैशाख २८, २९, ३० र ३१ गते काठमाडौँमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । खड्काको प्रस्तावमा आगामी चैत २१ गते गाउँ/नगर वडा अधिवेशन गर्ने कार्यतालिका रखिएको छ । त्यस्तै गाउँ/नगरपालिका अधिवेशन चैत २५ गते तथा प्रदेशसभा अधिवेशन चैत २८ गते गर्ने भनिएको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्री अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०८३ वैशाख ५ गते गर्ने भनिएको छ । सो प्रस्तावमा २०८३ वैशाख १०, ११ र १२ गते प्रदेश अधिवेशन गर्ने भनिएको छ ।