काठमाडौँ, १८ पौष । नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिवि उपकुलति प्रा.डा. दीपक अर्यालको कार्यकक्षमा ताला लगाएको छ ।
चारवटा केन्द्रीय विभागको शुल्क समायोजनको माग राखेर क्रान्तिकारीले ताला लगाएको जनाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन विभागको शुल्क समायोजना हुनुपर्ने माग क्रान्तिकारीले राखेको छ ।
विगतको सहमति अनुसार शुल्क समायोजना नभएकाले ताला लगाइएको क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले जारी गरेको विज्ञप्तिमा भनिएको छ । शुल्कको विषयलाई लिएर क्रान्तिकारीले गत साउनमा पनि आन्दोलन गरेको थियो । शुल्क घटाएर १ लाख १० हजार कायम गर्न क्रान्तिकारीले माग गरेको छ ।










प्रतिक्रिया दिनुहोस्