काठमाडाैँ, १८ पौष । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाहरुलाई सहज ढंगले अघि बढाउनका लागि लचकताका साथ प्रस्तुत हुन प्रभावित क्षेत्रमा जनतालाई आग्रह गरेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री घिसिङले प्रभावित क्षेत्रका जनताले जलविद्युत आयोजनालाई सहज ढंगले अघि बढाउनका लागि लचक नभए त्यो महंगो पर्न जाने र विद्युत निर्यात समेत नभई मुलुकमा थप समस्या देखापर्ने समेत बताए । उनले नेपालमा ५० हजार मेघावाट विद्युत उत्पादन गर्नुपर्ने भएपनि प्रभावित क्षेत्रको माग पूरा हुनसक्दा ती आयोजनाहरुलाई अघि बढाउन कठिनाई हुने गरेको समेत बताए । मन्त्री घिसिङले सरकारले प्रभावित क्षेत्रमा जनताको माग र अधिकारलाई कुण्ठित बनाएर कुनै पनि आयोजना अघि नबढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘नेपालमा ५० हजार मेघावाटको जलाशाययुक्त जलविद्युत आयोजनाहरु बनाउनुपर्नेछ । स्थानीयका धेरै समस्याहरु समाधान गरेर यस्ता प्रोजेक्टहरु अगाडि बढाइएको छ । हामीसँग भएको रिर्सोस भनेको हाइड्रोपावर हो । यसमा पनि बढि सम्भावना भएको भनेको जलाशाययुक्त जलविद्युत आयोजना नै हो । अब कर्णाली चिसापानी एउटा प्रोजेक्ट बनाउनु पर्यो भने १० हजार ८ सय मेघावाट भन्दा पनि बढी बन्नसक्छ । त्यो बेसिनमा मात्रै करिब २५ हजार मेघावाटको प्रोजेक्टहरु बन्नुपर्नेछ ।’










प्रतिक्रिया दिनुहोस्