काठमाडौँ, २० पौष । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।










प्रतिक्रिया दिनुहोस्