Banner News

एमालेले संसद पुर्नस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्छ : उपमहासचिव भट्टराई



ताप्लेजुङ, २० पौष । नेकपा (एमाले)का उपमहासचिव योगेशकुमार भट्टराईले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताउनुभएको छ । संबैधानिक बिषयको  निरुपण नहुँदा थप संबैधानिक जटिलता उत्पन्न हुन सक्ने भन्दै उहाँले सर्बोच्च अदालतले संसद पुर्नस्थापना सहितका संबैधानिक प्रकृयाका बिषयको निरुपणमा गरेको ढिलाईप्रति संशय व्यक्त गर्नुभयो ।

११ औं महाधिवेशनमा एमाले उपमहासचिवमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आउनुभएका भट्टराईल  प्रेस चौतारी ताप्लेजुङले फुङलिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संबिधान र लोकतन्त्र पुनस्र्थापित गर्न एमालेले संसद पुर्नस्थापना र निर्वाचनलाई एकसाथ उपयोग गर्ने बताउनुभयो । संबिधानलाई जीवित राख्न,लोकतन्त्रलाई प्राण दिन र लोकतन्त्रको निरन्तरताका लागि प्रतिनिधिसभा अनिवार्य भएको बताउँदै उहाँले अदालतले संसद पुर्नस्थापनाका सम्वन्धमा परेको मुद्दाको शीघ्र निरुपण गर्न जरुरी रहेकोमा जोड दिनुभयो । संसद पुर्नस्थापना नभए मुलुक फागुन २१ को निर्वाचनमा केन्द्रित हुने उहाँको भनाई थियो ।

हरेक संस्थागत संगठनमा लोकतन्त्रको अभ्यास हुँदा एकपक्ष जित्ने र अर्को पक्ष हार्ने भएपनि पार्टीमा हार्नेको भन्दा जित्नको दायित्व बढी हुने भएकोले पराजितहरुको आकाँक्षालाई समेट्दै पार्टी नेतृत्व अघि बढ्नुपर्ने भट्टराईको भनाई छ ।

उहाँले एमाले ताप्लेजुङबाट ५ जनाको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएपनि सर्वसम्मत रुपमा एकजना एमालेका उम्मेदवार हुने अरु कमाण्डर भई पार्टीलाई जिताउनु पर्ने बताउनुभयो । पहिले पार्टी, दोस्रो चिन्ह र तेस्रो मात्र व्यक्ति हुने उहाँको भनाई थियो ।