समाचार

सरकारी साइट ह्याक गर्ने दुईजना पक्राउ



काठमाडौँ, २० पौष । विभिन्न सरकारी कार्यालयका वेबसाइट ह्याक गर्ने दुईजना पक्राउ परेका छन् । 

साइबर ब्युरोको टोलीले झापाबाट सन्तोष चिमरिया र सन्तोष पौडेललाई पक्राउ गरेको हो  ।

प्रहरीका अनुसार उनीहरूले निर्वाचन आयोग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल मेडिकल काउन्सिललगायत अन्य सरकारी कार्यालयका साइटमा अवरोध पुर्‍याएको खुलेको छ ।