राजनीति

एमालेद्वारा नेताको कार्यविभाजनसहित अपानि जारी (अपानिसहित)



काठमाडौँ, २५ पौष । नेकपा (एमाले)ले आगामी चुनावलाई प्राथमिकतामा राखेर नेताहरूको कार्य विभाजन गरेको छ ।

कार्य विभाजन गर्दा सबै केन्द्रीय सदस्यलाई जिल्लामा केन्द्रित हुन भनिएको छ । ‘पार्टीका पदाधिकारी र केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई निर्वाचनको काममा केन्द्रित रहेन गरी परिचालन गर्ने नीति अनुरुप अस्थायी कार्य विभाजन गर्ने नीति अवलम्बन गरिएको छ,’ बिहीबार जारी अपानिमा भनिएको छ ।