काठमाडौँ, २७ पौष । पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ ।
नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला गर्न लागिएको हो ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आगामी माघ अन्तिम साता प्रदर्शनी हुनेछ । मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका १५ वटा नवीन सोचमा आधारित उद्यम, वस्तु तथा सेवा वा प्रक्रियामा नवप्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शनी गरिनेछ ।
सो प्रदर्शनी प्रतिस्पर्धात्मक हुने र पहिलो हुनेले रु ४० हजार, द्वितीयले रु ३० हजार तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्ने राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्