अर्थ

प्याजको मूल्य घट्यो



काठमाडौँ, २७ पौष । बजारमा सुकेको प्याजको मूल्य घटेको छ ।

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज  प्याजको मूल्य घटेको हो ।

एक साता अवधिमा प्याजको भाउ थोकमा प्रतिकिलो ५ देखि ६ रुपैयाँ घटेको छ । २० पुसमा प्याज प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ५२ र औसत ५१ रुपैयाँमा किनबेच भएको थियो ।

आज आइतबार भने प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४८ र औसत ४६ रुपैयाँमा किनबेच भइरहेको छ । १२ पुसमा प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५८ र औसत ४८ रुपैयाँमा किनबेच भएको थियो ।

मंसिर अन्तिम साता सुकेको प्याज न्यूनतम ३८ देखि अधिकतम ४५ र औसत ४२ रुपैयाँमा किनबेच भएको थियो ।

अहिले कालीमाटी बजारमा भारतबाट मात्रै सुकेको प्याज आइरहेको छ । भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा नेपाली बजारमा पनि मूल्य घटबढ हुने व्यवसायीहरू बताउँछन् ।