समाचार

घरभित्रै ६८ वर्षीया महिला मृत फेला



काठमाडौँ, २७ पौष । चितवनको रत्ननगर नगरपालिका-४  मा शनिबार बिहान ६८ वर्षीया सुकमायादेवि तमाङ मृत भेटिएकी छन् । 

प्रहरीका अनुसार आज बिहान अबेलासम्म पनि उनलाई घर बाहिर निस्केको नदेखेपछि १० बजेतिर तिर छिमेकीहरूले गएर हेर्दा उनी कोठामा मृत फेला परेकी हुन् । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको आशंका गरेको छ ।

मुखमा कपडा कोचेको छ । घाँटी अठ्याएको झै पनि छ । बाहिरी घाउचोट देखिएको छैन । हात खुट्टा पनि कपडाहरूले बाँधेको पाइएको र उनको शवको पोष्टमार्टमपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

घटना हुँदा घरमा महिला एक्लै भएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट घटनाको विश्लेषण र अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।