समाचार

६ जना जुवाडे पक्राउ



काठमाडौँ, २८ पौष । कपिलवस्तुबाट ६ जना जुवाडे पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको विशेष टोलीले आइतबार साँझ वाणगंगा नगरपालिका-१० भावपुरस्थित रोयल सिटी कटेज एन्ड रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ६ जनालाई पक्राउ गरेक्को हो । 

पक्राउ पर्नेमा रेस्टुरेन्ट सञ्चालक ३५ वर्षीय दिनेश थारु र अन्य ५ जना रहेका छन् । प्रहरीले जुवाको खालबाट नगद २ लाख ५६ हजार २ सय ९० रुपैयाँ र ३ बुक तास समेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई रङ्गेहात फेला पारेको हो । 

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालयमा राखेर थप कानुनी कारबाही र आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।