काठमाडौँ, २९ पौष । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । उनी कन्टेनर चालक हुन् ।
ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा चीनबाट अवैध रूपले नेपाल भित्र्याउँदै गरेको अवस्थामा २ करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको भेप बरामद भएको हो ।
बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने लामालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ ।
बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने लामालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको छ ।










प्रतिक्रिया दिनुहोस्