राजनीति

पार्टी फुटाउने अभियानमा सामेल हुन्न : चन्द्र भण्डारी



काठमाडौँ, २९ पौष । नेपाली का‌ंग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् । 

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता भण्डारीले उनले आफू केन्द्रीय समितिको बैठकमा सहभागी भएको समेत बताए । यसअघि उनी कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए ।