एजेन्सी, ३० पौष । रुसले आफ्नै देशमा विकास गरेको उच्च–गति रेलका लागि प्रयोग हुने ‘असिन्क्रोनस’ मोटरले सबै आवश्यक स्वीकृति परीक्षण सफलतापूर्वक पास गरेको छ ।
रुसी रेलवेको जानकारी अनुसार यस मोटरको सञ्चालन क्षमता र ऊर्जा प्रयोग गर्ने दक्षता विश्वका अग्रणी मोटरसँग तुलनायोग्य रहेको छ ।
यो मोटरको परीक्षण पश्चिमी रुसको चेल्याबिन्स्क सहरमा रहेको रुसी विद्युतीय मोटर उद्योगको कारखानामा गरिएको थियो । परीक्षणका क्रममा मोटरको स्थायित्व, सुरक्षा र लामो समयसम्म काम गर्ने क्षमता जाँच गरिएको थियो । परीक्षण परिणाम सन्तोषजनक आएको रुसी रेलवेको भनाइ छ ।
‘टिएडी’ छ सय पचास नाम दिइएको यो मोटर छ सय पचास किलोवाट रहेको छ । यसको कार्यक्षमता ९६ प्रतिशतसम्म पुगेको छ, जसले गर्दा कम ऊर्जा खर्चमा बढी काम गर्न सकिने बताइएको छ । मोटरको तौल करिब सात सय पचास किलोग्राम छ र यसलाई सानो तथा कम्प्याक्ट बनावटमा तयार गरिएको छ, जसले रेलको समग्र तौल घटाउन मद्दत पुर्याउँछ ।
उक्त मोटर उराल लोकोमोटिभ्स कम्पनीले निर्माण गरिरहेको छ । यी मोटर रेलहरूमा प्रयोग गरिनेछ ।










प्रतिक्रिया दिनुहोस्