समाचार

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, ३० पौष । पाल्पामा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  रिद्दिकोट गाउँपालिका-२ स्थित जोर्ते उकालोमा ना८ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।

नवलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ आउँदै गरेको उक्त टिप्पर आज बिहान करिब साढे ४ बजेको समयमा सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टिप्पर चालक केशव परियार घटनास्थलमै मृत्यु भएको हो । मृतक चालकको नाम भएको खुलेको छ । अन्य विवरण  नखुलेको प्रहरीको भनाइ छ ।

दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।