काठमाडौँ, ३० पौष । बजारमा सुकेको लसुनको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज लसुनको मूल्य घटेको हो ।
बजारमा चिनियाँ र नेपाली गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ घटेको तथ्यांकले देखाउँछ । आज सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो औसत ३० रुपैयाँ घटेको छ ।
हिजो मंगलबार नेपाली सुकेको लसुन प्रतिकिलो २ सय ५ रुपैयाँमा किनबेच भएको थियो । आज १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । चिनियाँ लसुन प्रतिकिलो थोकमा २ सय ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्