काठमाडौँ, ३० पौष । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले अन्य पार्टीसँग एकीकरण नगरी अगाडि बढिने बताएका छन् ।
सामाजिक सञ्जालमा आफू अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र आफ्नो नाम जोडेर अन्य पार्टीहरूसँग एकीकरण हुन लागेको भन्ने हल्ला फैलिएको भन्दै उनले त्यस्तो प्रचार भ्रामक र असत्य रहेको बताएका छन् । भविष्यमा समेत आफ्नो पार्टी अनय कुनै पार्टीसँग एकीकरण नगरी अघि बढ्ने उनको भनाइ रहेको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो । उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’










प्रतिक्रिया दिनुहोस्