समाचार

प्रहरी भन्दै काठमाडौँमा लुटपाट गर्ने पक्राउ



काठमाडौँ, ३० पौष । प्रहरी भन्दै लुटपाट गर्दै हिँडेको आरोपमा नक्कली प्रहरी समातिएका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ का ३३ वर्षीय आकाश भनिने विक्रान्त केसी छन् ।

उनले २५ पुसमा सिनामंगलमा केही व्यक्तिलाई आफू प्रहरी बताउँदै लुटपाट गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ परेका केसीको कोठा खानतलासी गर्दा लागु औषध र सुनका सिक्री, मुन्द्रा बरामद भएको छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालाले अनुसन्धान अघि बढाएको छ ।